
काठमाडौं । नेकपा (एमाले)ले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुर्याउने गतिविधि तत्काल रोक्न भारतसँग आग्रह गरेको छ ।
एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्याउने यस्ता गतिविधि तत्काल बन्द गर्न एमालेले आग्रह गरेको हो ।
हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको मानसरोवरसम्म पुग्न नेपाली भूमि कालापानी हुँदै बाटो बनाइरहेको बताउनुभएको थियो । यसप्रति सरकारको मौनताले अनेकौं प्रश्न उब्जाएको एमालेले बताएको छ ।
राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्