१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अपर अरुणमा संखवासभावासी हावी हुनुपर्छ : राजेन्द्र कार्की


234
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजेन्द्र कार्कीले संखुवासभास्थित अध्ययनरत अपर अरुण आयोजनामा संखुवासभावासी हावी हुनुपर्ने बताउनु भएको छ ।

संखुवासभा काठमाडौ जर्नालिष्ट एशोसियसनले काठमाडौमा गरेको कार्यक्रममा उहाँले संखुवासभावासी बेलैमा सचेत नभए यस आयोजनामा विश्व बैंक र नेपाल विद्युत प्राधिकरण हावि हुने संकेत गर्नुभयो ।

देशकै सबै भन्दा सस्तो र आकर्षक आयोजना भएकाले यो आयोजना संखुवासभावासी र प्रदेश–१ का नागरिकले बनाउनुपर्नेमा जोड दिनुभयो। राम्रो आयाजना भएकाले सबैको चासो भएको र विश्व बैंक र अन्य कम्पनीको हातमा गए आयोजना नबन्ने, लम्बीने र संखुवासभाबासीले दुःख पाउने बताउनुभयो ।

४ हजार बढी मेघावाट क्षमताको जलभण्डार जिल्लामा रहेको भन्दै अपर अरुण आयोजना छिटो भन्दा छिटो जनताको शेयरमा बन्नुपर्छ भन्ने कुरामा माओवादी केन्द्र र अन्य राजनीतिक दलको धारणा रहेको बताउनुभयो । यसमा सबै राजनीतिक दलसँग छलफल भई रहेको पनि उहाँकाे भनाइ छ ।

केन्द्रीय सदस्य कार्कीले सबैतिर चर्चाको केन्द्र बनेको १ हजार ६१ मेघावाट क्षमताको अपर अरुण आयोजना प्रदेश–१ र मुख्य गरी संखुवासभा र भोजपुरका नागरिकले बनाउनुपर्ने बताउनुभयो । विश्व बैंकले सर्भेको काम अन्तिम चरणमा पु¥याएको भन्दै कुन मोडालिटीमा बनाउने भन्ने बिषमा बहस भई रहेको पनि बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरणसंग लाईसेन्स रहेको र यसकै सहायक कम्पनी अपर अरुण जलविद्युत आयोजना कम्पनी लिमिटेडले अध्ययन गरी रहेको उहाँको भनाइ थियो । केही नीतिगत निर्णय हुन बाँकी रहेको र बित्तिय व्यवस्थापन कसरी गर्ने भन्नेमा अड्कीएको बताउनुभयो । उर्जा मन्त्री पम्फा भुषाल, अर्थमन्त्री जनार्दन शर्मासंग पटक–पटक छ्रलफल भएको उहाँको भनाई थियो ।

माओवादी केन्द्र यस आयोजनामा संखुवासभावासी हावी हुनु पर्छ भन्नेमा प्रष्ट रहेको बताउनुभयो । बेलैमा चासो नराखे पछि पर्ने भन्दै सबै राजनीतिक दलबीच आपसी समझदारी गरी साझा धारणा बनाउने उहाँको भनाई छ । यसमा संखुवासभावासीको शेयर सुनिश्चित पहिलो प्राथमिकतामा रहेको छ । सबै राजनीतिक दल बसेर नीतिगत निर्णय गरेर टुंग्याउने उहाँको भनाइ छ ।

नीति र कानुन बनी रहँदा चुप लागेर बसे पछि परीने भन्दै बेलैमा सचेत हुन सबैलाई आग्रह गर्नुभयो । यो आयोजना नेपालको पानी नेपालीकै लगानीमा बन्नुपर्ने उहाँको धारणा छ । हामीले छलफललाई जारी राखेका छौ । प्रधानमन्त्री शेरबहादुर देउवा र सबै राजनीतिक दलका शिर्ष नेतालाई जानकारी गराई सकेको उहाँको भनाइ छ। उहाँले जिल्लाका राजनीतिक दल, नागरिक समाज, वुद्धिजिबी, जलस्रोतविद् र सञ्चारकर्मीलाई लाग्न पनि आग्रह गर्नुभयो ।