१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कञ्चनपुरको मझगाउँ विमानस्थल फेरि सञ्चालनमा ल्याइने


169
Shares

कञ्चनपुर । कञ्चनपुरको मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि काम थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आज स्तरोन्नति कार्यको थालनी गर्नुभएको हो ।

कार्यक्रममा मन्त्री आलेले सुदूरपश्चिम प्रदेश धेरै सम्भावना बोकेको स्थान भएको भन्दै विमानस्थल सञ्चालन भएपछि भारतीय पर्यटक भित्र्याउन सजिलो हुने बताउनुभयो ।

रनवे २५ सय मिटर र राजमार्गबाट विमानस्थल आउने सडक चार लेनको बनाउन उहाँले सुझाव दिनुभयो । २०३० सालदेखि २०५६ सालसम्म सञ्चालनमा रहेको विमानस्थल बन्द भएपछि फेरि सुरु गर्न प्रयास थालिएको हो । त्यसका लागि तत्काल विमानस्थलको रनवे, ट्याक्सी–वे, एप्रोन लगायतका पूर्वाधार बनाइने छ ।

तीन वर्षमा बनाइसक्ने गरी ४५ करोड ६६ लाख २४ हजार ७१४ रुपैयाँमा पहिलो चरणको काम ठेक्का सम्झौता गरिएको आयोजनाका निर्देशक मुरारी भण्डारीले जानकारी दिनुभयो ।

दोस्रो चरणमा भने टर्मिनल भवन, सुरक्षा भवनसहितका पूर्वाधार निर्माण गरिने छ ।