१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्जुनको ‘द लेडी किलर’मा भूमि पेडनेकरको प्रवेश


78
Shares

एजेन्सी । बलिउड अभिनेता अर्जुन कपूरको आगामी फिल्म ‘द लेडी किलर’मा भूमि पेडनेकरको प्रवेश भएको छ ।

ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जालमार्फत फिल्ममा भूमिको प्रवेश भएको जानकारी गराए । फिल्ममा नायिका पेडनेकर अर्जुन कपूरको नायिकाको भूमिकामा देखिँदैछिन् ।

अजय बहलले निर्देशन गर्न लागेको फिल्मलाई भूषण कुमार, कृष्ण कुमार र शैलेश आर सिंहले निर्माण गर्दैछन् ।

सस्पेन्स थ्रीलर कहानीमा बन्न लागेको फिल्मको स्टारकास्ट अहिलेसम्म फाइनल गरिएको छैन । २०२३ मा प्रदर्शन गर्न लागिएको फिल्ममा अहिलेसम्म भूमि र अर्जुनको मात्र नाम पक्का भएका छन् ।