
काठमाडौं । अभिनेता विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’मा काम गर्ने भएका छन् ।
फिल्मको निर्माण टीमले फोन गरेर आफूलाई अफर गरेको र अगस्टमा हुने सुटिङ हुने उनले जानकारी दिए ।
सन्दिप रेड्डी भांगाले निर्देशन गरिरहेको यो फिल्ममा रनवीर कपुर, अनिल कपुर, बबि देओल र परिनीति चोपडाले अभिनय गरिरहेका छन् ।
अहिले नै फिल्मसँग औपचारिक सम्झौता नभइसकेको विपिनले जानकारी दिए । यद्यपि निर्माण टिमले ढुक्क हुन भनेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्