१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन २२ दिन पछि सर्‍यो


104
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन २२ दिन पछि सरेको छ ।

जनमोर्चाले आगामी माघ १५ र १६ गतेलाई तय गरेको सातै प्रदेशको प्रदेश सम्मेलन सारेको हो ।

कोरोनाको नयाँ भेरियन्टको बढ्दो संक्रमण र कतिपय आवश्यक तयारी अभावमा सम्मेलन सार्नुपरेको सो पार्टीले जनाएको छ ।

अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै प्रदेश सम्मेलन फागुन ६ र ७ गते गर्ने निर्णय भएको जानकारी दिएका छन् । विज्ञप्तिमा कोरोनाको ओमिक्रोन भेरियन्टका साथै तयारीका लागि सम्मेलन सारिएको उल्लेख गरिएको छ ।