
बिराज रोस्यारा (इमेज)
कैलाली, असार १ । प्रदेश नम्बर–७ सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि शुक्रबार बजेट सार्वजनिक गरेको छ ।
शुक्रबार दिउँसो ३ बजे बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले २५ अर्ब ६ करोड ५६ लाख १४ हजार रुपैयाँको बजेट प्रस्तुत् गरेका हुन् ।
आगामी आर्थिक वर्षको बजेटमा महत्वाकांक्षी योजना र कार्यक्रमलाई प्राथमिकता नदिएका कारण बजेट सजिलै कार्यान्वयन गर्नसकिने रहेको अर्थमन्त्रीको भनाइ छ ।
बजेटले कृषि, पर्यटन, भौतिक निर्माण, स्वरोजगार, सामाजिक विकास, सुरक्षाजस्ता कार्यक्रमलाई प्राथमिकतामा दिएको छ ।
महिला, दलित, जनजाति, राजी, राउटे, पिछडिएका वर्गलाई राज्यको मुलप्रवाहीकरणमा ल्याउने प्रदेश सरकारको योजनाअनुरुप सामाजिक सशक्तिकरणका लागि बजेट विनियोजन गरिएको छ ।
प्रदेश नम्बर–७ को बजेटको पूर्णपाठ पढ्नोस्
प्रतिक्रिया दिनुहोस्