१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जिल्ला प्रशासन कार्यालयको निर्देशनको बेवास्ता गर्दै महोत्सव


364
Shares

बागलुङ । बागलुङमा जिल्ला प्रशासन कार्यालयको निर्देशनलाई बेवास्ता गर्दै महोत्सव सञ्चालन भइरहेको छ ।

कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले सभा, सम्मेलन, मेला र महोत्सव गर्न रोक लगाए पनि जिल्लाका विभिन्न ठाउँहरुमा प्रशासनको निर्देशनलाई बेवास्ता गर्दै हजारौंको भीडभाडमा महोत्सव सञ्चालन भइरहेको हो ।

प्रशासनको निर्देशनप्रति उदासिन बनेका स्थानीय सरकारका प्रमुख नै कार्यक्रममा प्रमुख अतिथि बनेका छन् । प्रशासनले धार्मिक, सांकृतिक र नियमित रुपमा हुने गोष्ठी बैठक, तालिमहरु सञ्चालन गर्दा समेत २५ जना धेरै जम्मा नहुनेगरी जिल्ला प्रशासनको अनुमति लिनुपर्ने आदेश जारी गरेको छ ।

यसैगरी, पुस २८ देखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने प्रशासनको निर्देशनको बेवास्ता गर्दै बागलुङका सामुदायिक तथा संस्थागत विद्यालयहरुले पठनपाठनलाई तीव्रता दिएका छन् । बागलुङको दक्षिण जैमिनीमा पनि भव्य महोत्सव जारी छ ।

गत २७ गतेबाट सुरु भएको दोस्रो जैमिनी महोत्सव माग ४ गते सकिने बताइएको छ । महोत्सवमा बागलुङलगायत अन्य जिल्लाबाट हजारौं मान्छेहरुको आगमन भएको छ । जैमिनीका पनि सबै विद्यालय सञ्चालनमा छन् ।