
काठमाडौं । बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा सानदार जित दर्ता गरेको छ ।
नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्ड र थोमस म्युनिएरको समान दुई गोल सहयोगमा घरेलु मैदानमा डर्टमुन्डले फ्रेइवर्गलाई ५–१ को भारी अन्तरले पराजित गरेको हो । सिग्नल इडुना पार्कमा गएराति भएको खेलमा घरेलु टोलीको जितमा मोहम्मद दाहुदले पनि एक गोल गरे । फ्रेइवर्गका इम्रीदिन डेमिरोभिचले एक गोल फर्काए ।
डर्टमुन्डले पहिलो हाफमै तीन गोल फर्काउदा दोस्रो हाफमा दुई गोल थप्दा एक गोल बेहोरेको थियो । यो जितसँगै डर्टमुन्डले शीर्षस्थानको बायर्न म्युनिखसँगको अंक दूरी ३ मा छोट्याएको छ । डर्टमुन्डको १९ खेलबाट ४० अंक छ । एक खेल कम खेलेको बायर्नको ४३ अंक छ । पराजित फ्रेइवर्ग ३० अंक जोडेर चौथो स्थानमा यथावत छ ।
प्रतिक्रिया दिनुहोस्