
एजेन्सी । विश्व नम्बर एक स्टार टेनिस खेलाडी नोवाक जोकोविचलाई अस्ट्रेलियाले हिरासतमा राखेको छ ।
अस्ट्रेलियाबाट निकाला गर्ने या नगर्ने भन्ने विषयमा अदालतमा हुन गइरहेको सुनुवाइभन्दा पहिला नै उनलाई हिरासतमा राखिएको हो ।
कोरोनाको खोप नलगाए पनि उनी अस्ट्रेलियामा रहन सक्छन् कि सक्दैनन् भन्ने विषयमा अदालतले फैसला गर्ने बताइएको छ ।
सर्बियन नागरिक जोकोविचको भिसा अस्ट्रेलियाले दोस्रो पटक रद्द गरेको छ । उनका वकिलले भिसा रद्द गर्ने फैसलालाई बेतुकको संज्ञा दिँदै पुनरावलोकनका लागि अपिल गर्ने बताएका छन् ।
यस विषयमा आइतबार सुनुवाइ हुँदैछ । जोकोविचले खेल्ने अस्ट्रेलियन ओपनको कार्यक्रम अझैसम्म रद्द गरिएको छैन । उनले यो खेल जिते २१ टाइटलका साथ इतिहासको सबैभन्दा सफल टेनिस खेलाडी बन्ने छन् ।
प्रतिक्रिया दिनुहोस्