१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हेइटीका राष्ट्रपतिको हत्या अभियोगमा पूर्व सिनेटर पक्राउ


260
Shares

काठमाडौं । हेइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्यामा संलग्न रहेको अभियोगमा पुर्व सिनेटर पक्राउ परेका छन् । हेइटीका पुर्व सिनेटर जोन जोएल जोसेफेलाइ जमैकाबाट पक्राउ गरिएको हो ।

गत बर्षका जुलाई सातमा हेइटीको राजधानी पोर्ट औ प्रिन्सस्थित आफनै निवासमा राष्ट्रपति मोइसको गोली हानी हत्या गरिएको थियोे ।

पक्राउ परेका जोसेफकै योजनामा हत्या गरिएको र उनले हतियार समेत उपलब्ध गराएको आशंका गरिएको छ ।

राष्ट्रपतिको हत्या सम्बन्धमा छानबिन गरिरहेको हेइटीको प्रहरीले तयार पारेको १ सय २४ पृष्ठ लामो अनुसन्धान प्रतिवेदनमा जोसेफले नै राष्ट्रपतिको हत्यामा महत्वपुर्ण भुमिका खेलेको बताईएको छ ।

राष्ट्रपतिको हत्या आरोपमा यसअघि पनि थुप्रै संदिग्धहरु पक्राउ परिसकेका छन् । हत्या अभियोगमै पक्राउ परेका कोलम्बियाका पूर्व प्रहरी अधिकारी मारियो एन्टोनियो पालासियोसलाई अमेरिकामा मुद्दा चलाईएको छ ।