१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फ्रान्समा खोप नलगाएका विरुद्धको प्रतिबन्ध विरुद्ध ब्यापक प्रदर्शन, राष्ट्रपति क्याक्रों विरुद्ध चर्को नाराबाजी


156
Shares

काठमाडौं । फ्रान्समा कोरोना बिरुद्धको खोप नलगाएका ब्यक्तिहरुमाथि लगाइएको प्रतिबन्धको बिरुद्ध ब्यापक प्रदर्शन भएको छ । राजधानी पेरिस लगायतका शहरमा भेला भएका हजारौं सर्वसाधारणले राष्ट्रपति इमानुएल म्याक्रोंलाई कोरोना भाइरसको संज्ञा दिंदै प्रदर्शन गरेका हुन् ।

आगामी चुनावमा राष्ट्रपति पदका उम्मेदवार रहेका फ्लोरियन फिलिपपोटको नेतृत्वमा आयोजना गरिएको बिरोध प्रदर्शनमा राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

प्रदर्शनकारीहरुले फ्रान्समा किशोर किशोरीहरुलाई खोपका बारेमा जानकारी समेत नरहेको भन्दै खोप अनिवार्य गर्नु गलत भएको पनि बताएका छन् ।

प्रदर्शनकै क्रममा टेनिस स्टार नोभाक जोकोभिजलाई अष्ट्रेलिया सरकरारले खोप नलगाएको भरमै भिसा नदिएकोमा पनि प्रदर्शनकारीले अष्ट्रेलियाली सरकार बिरुद्ध समेत नारा लगाएका थिए ।

फ्रान्सको इतिहासमा एलो टिसर्टपछिको यो नै ठुलो प्रदर्शन भएको बताइएको छ । प्रदर्शनलाई ध्यानमा राखी सुरक्षा ब्यबस्था कडा तुल्याइएको छ ।

फ्रान्समा कोरोना बिरुद्धको खोप नलाउनको संख्या उल्लेख्य छ । यसअघि फ्रान्सको माथिल्लो सदनले खोप अनिवार्य गर्ने बिधेयकलाई मान्यता दिएको थियो ।