१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुर्खेतमा निसासिएर एकैघरमा ४ को मृत्यु


611
Shares

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदी गाउँमा निस्सासिएर एकै घरका चार जनाको मृत्यु भएको छ ।

शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी घर भएका ३५ वर्षीय कल्पा बुढा, उनका ९ वर्षीय छोरा चिरञ्जीवी, ८ वर्षीय छोरा निरज र कल्पाकै दाजुको पाँच वर्षीय छोरा सम्राट घरमै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

शुक्रबार बेलुकी घरमा कोइला बालेर झ्याल ढोका थुनेर बस्दा उनीहरूको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । सोही घरमा बसेका कल्पाका ससुरा हिजो बिहानै उठेर मन्दिर दर्शन गर्न गएका थिए । दिउँसो ४ बजे फर्केर आउँदा समेत कोही नउठेको देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।