१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै


234
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नवौं चरणअन्तर्गत आज आइतबार दुई खेलहरु हुँदैछन् । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

पहिलो खेल दिउँसो १ बजे ब्रिगेड ब्वाइज क्लब र मछिन्द्र क्लबबीच हुनेछ ।

१२ औं स्थानमा रहेको ब्रिगेडले मछिन्द्रलाई हराएर अंक तालिका सुधार्न चाहन्छ । यस्तै, शीर्ष स्थानमा रहेको मछिन्द्रले ब्रिगेडलाई हराएर शीर्ष स्थानमा ४ अंकको अग्रता बनाउन चाहन्छ ।

यस्तै, दोस्रो खेलमा बेलुका पौने पाँच बजे नेपाल पुलिस क्लब र च्यासल युथ क्लब खेल्नेछन् ।

११ औं स्थानमा रहेको पुलिसले च्यासललाई हराएर अंक तालिका सुधार्न चाहन्छ भने १३ औं स्थानमा रहेको च्यासल पुलिसलाई हराएर रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।