
एजेन्सी । बेलायतकी क्याक्टस कुटी नामकी एक मोडेलले आफ्नो पिसाव बेचेर पैसा कमाउँदै आएकि छिन् ।
बेलायती पत्रिका डेली स्टारका अनुसार उनी एक कप पिसावको ५० देखि ७० पाउण्ड अर्थात ८ हजारभन्दा माथि पैसा लिन्छिन् ।कुटीको पिसावको माग धेरै रहेको उनको दाबी छ । धेरै मात्रामा पिसाब किन्ने ग्राहकलाई उनले केहि छुट समेत दिने गरेकी छिन् । उनले उनको पिसावको प्रयोग मानिसहरुले फरक– फरक काममा गर्ने बताइन । एक ग्राहकले उनको पिसावलाई फ्रीजमा समेत राखेका थिए ।
उनि भन्छिन् उनका लागि उनको पिसाब तरल सुन जस्तै हो । जसको कारण उनले यसरी यति धेरै पैसा कमाउँछिन् । कतिपयले मानवमूत्र औषधीका रुपमा प्रयोग गर्ने गरेका छन् । तर उनको पिसाव भने खरीद कर्ताले के प्रयोजनका लागि प्रयोग गर्ने गरेका हुन् भन्ने समाचारमा खुलाइएको छैन ।
यस अघि एक अमेरिकी स्टेफनी म्याटियो नामकी महिलाले आफ्नो अपान वायू(पाद) बेचेर लाखौं रुपैयाँ कमाउने गरेकी थिइन् । तर, केहि समय पश्चात उनले अनलाइन अपान वायू बेच्न बन्द गर्नुपरेको थियो । किनकी अत्याधिक अपान वायू निश्काशनका लागि खाने खानाले उनको शरीरमा नराम्रो असर पर्न गयो । जसका कारण उनलाइ अस्पताल समेत भर्ना गर्नु परेको थियो ।
३१ वर्षीया स्टेफनी एक पूर्व रियालिटी स्टार हुन् । उनी अमेरिकी रियालेटी सो ९० डे फ्यान्स्बाट चर्चामा आएकी हुन् । उनको स्वास्थ्यमा धेरै नै असर भएपछि उनले यो काम छोडेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्