
तस्विर फाइल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री देउवा र दाहालबीच स्थानीय तह निर्वाचनलगायत विषयमा कुराकानी भएको हो ।
देउवा–दाहाल छलफलपछि स्थानीय तहको निर्वाचनको मितिबारे छलफल गर्न राजनीतिक समन्वय समितिको बैठक बोलाइएको छ । समन्वय समितिमा सत्तागठबन्धनका ५ दलका गरी ११ जना सदस्य छन् ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरे पनि सरकारले मिति घोषणा गरेको छैन । तत्कालै मिति तय गरेर निर्वाचनको प्रक्रिया सुरू गर्न प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लगायतले माग गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्