१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमालेको सर्कुलर : २५ जनाभन्दा बढी सहभागी हुने सबै कार्यक्रम स्थगित गर्नू


78
Shares

काठमाडौं । नेकपा (एमाले)ले २५ जना भन्दा बढी सहभागी हुने सबै कार्यक्रम स्थगित गर्न निर्देशन जारी गरेको छ ।

एमाले केन्द्रीय कार्यालयले सोमबार आन्तरिक सर्कुलर जारी गर्दै कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानम राखेर पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गर्न निर्देशन दिएको हो ।

साथै, सबै कमिटी, नेता–कार्यकर्ता र जनप्रतिनिधिहरूलाई आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्न पनि निर्देशन गरिएको छ ।