१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘ए’ डिभिजन लिगमा एनआरटीको तेस्रो जित


221
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) ले तेस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा जावलाखेल युथ क्लबलाई २–० गोलले हराउँदै एनआरटीले तेस्रो जित निकालेको हो ।

एनआरटीको जितमा खेलको ६९औं मिनेट र ७३औं मिनेटमा दुवै गोल दर्शन गुरुङले गरे । जितसँगै एनआरटी ९ खेलबाट १३ अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

यससँगै नवौं चरण सकिएका छन् ।