१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट : मंगलबार सेमिफाइनलका दुई खेल हुने


78
Shares

काठमाडौं । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार सेमिफाइनलका खेलहरू हुने भएका छन् ।

टियू क्रिकेट मैदानमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशको सामना गर्नेछ । पुलिस समूह ‘ए’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

पुलिसले समूह अन्तर्गत चारवटै खेलमा जित हात पारेको थियो । यता बागमती भने समूह ‘बी’ को उपविजेता टोली हो । बागमतीले चार मध्ये तीन खेलमा जित हात पारेको थियो ।

मंगलबार नै हुने दोस्रो सेमिफाइनल खेलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ समूह ‘बी’ को विजेता टोली हो भने आर्मी समूह ‘ए’ को उपविजेता टोली हो ।

एपीएफले समूह अन्तर्गत चारवटै खेल जितेको थियो । आर्मीले भने चारमध्ये दुई खेलमा जित तथा एक खेलमा अंक बाडेको थियो ।