
काठमाडौं । नाम र राजधानी तोकिएको खुसीयालीमा आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।
प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको खुशियालीमा सरकारले सार्वजनिक बिदा दिएको हो ।
चार वर्षपछि प्रदेश सरकारले प्रदेशको नाम र राजधानी टुंगो लागेको हो ।
सोमबार बसेको प्रदेश सभा बैठकमा प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम टुंगो लागेको थियो । मधेश नामको पक्षमा ८० र जनकपुरधाम राजधानीको पक्षमा ७८ जना सांसदले मतदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्