१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आगामी वर्षको क्यालेण्डर माघ १५ गतेदेखि सार्वजनिक हुने


1.521k
Shares

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आगामी वर्षको क्यालेण्डर तयार भएको जनाएको छ ।

मंगलबार बसेको समितिको बैठकले वि.सं.२०७९ सालको लागि तयार पारिएको क्यालेण्डर आगामी माघ १५ गतेदेखि बजारमा ल्याउने निर्णय गरेको हो ।

बैठकले आगामी वर्षको लागि तोयनाथ पन्त, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि र खप्तड तारानाथ पञ्चाङ्ग गरी जम्मा १४ वटा पात्रो(पञ्चाङ्ग)लाई स्वीकृति दिने निर्णय गरेको समितिका प्रशासन सहायक खिलहरि घिमिरेले जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण पञ्चाङ्गकार जम्मा भएर रुजु गर्ने काममा समस्या आएकाले यस वर्ष पञ्चाङ्ग प्रकाशनमा ढिलाइ भएको समितिले जनाएको छ । गत वर्ष पुस मसान्तमा आगामी वर्षको पात्रो प्रकाशन भइसकेको थियो ।