
काठमाडौं । सेनेगल, गिनी, मोरक्को र गाबोन अफ्रिका कप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।
गएराति भएको समुह ‘बि’ को खेलमा सेनेगल र मलावीले १–१ गालको बराबरी खेले । यही समुहको अर्को खेलमा जिम्बाबेले गिनीलाई २–१ ले हरायो ।
समुहमा तीन खेलबाट ५ अंक जोडेको सेनेगल तथा ४ अंक जोडेको गिनी नकआउट चरणमा पुगे । समान ४ अंक जोडेको मलावीको पनि नक आउट चरणमा पुग्ने सम्भावना जिवित छ ।
उता, समुह ‘सि’ बाट शिर्ष स्थानको मोरक्को र दोस्रो स्थानको गाबोन नकआउट चरणमा पुगेका छन् । ३ अंक जोडेको कोमोरस तेस्रो स्थानमा रहँदा तीन खेलबाट १ अंक मात्रै जोडेको घाना बाहिरिएको छ ।
पहिलो पटक अफ्रिका कप खेलिरहेको कोमोरससँग गएरातिको खेलमा ३–२ ले हारेपछि चार पटकको च्याम्पियन घाना समुह चरणबाटै बाहिरिएको हो ।
प्रतियोगितामा आज राति चार खेल हुनेछन् । आज आइभोरी कोष्ट र अल्जेरिया तथा सिएरा लियोन र इक्वेटोरियल गिनि भिड्दा इजिप्ट र सुडान तथा नाइजेरिया र गिनी बिसाउबिच खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्