
तेह्रथुम । जिल्लामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ ।
जिल्लाको ६ वटै पालिकामा सुन्तला खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्रले यहाँको ६ सय १६ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको जनाएको छ ।
तेह्रथुममा मात्र वार्षिक ३ हजार ८ सय ८० मेट्रिकटन सुन्तला उत्पादन हुने गरेको छ । गत वर्षको तुलनामा यस वर्ष झण्डै २० मेट्रिक टन बढी सुन्तला उत्पादनमा वृद्धि भएको अनुमान गरिएको छ ।
ग्रामीण क्षेत्रमा पछिल्लो समय परम्परागत खेतीभन्दा नगदेबाली तर्फ किसानहरू आकर्षित हुँदै गएका छन् ।
प्रतिक्रिया दिनुहोस्