
काठमाडौं । नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमण भएको छ ।
२३ हजार ४०९ परीक्षणमा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट आज ४ जनाले ज्यान गुमाएका छन् ।
देशभर ६ सय १३ संक्रमणमुक्त भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार भक्तपुरमा ५ सय ७८, ललितपुरमा १ हजार १९, काठमाडौंमा ४ हजार ६६६ गरी काठमाडौं उपत्यकामा ६ हजार ३ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस्