
वीरगञ्ज । वीरगञ्जबाट भन्सार छलीका सामानसहित प्रहरीले मालबाहक ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले ५० लाख रुपैयाँ बराबरको छलीको सामानसहित ट्रक र चालकलाई प्रहरीले आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ ।
जिल्ला प्रहरी कार्यालयले गोप्य सूचनाका आधारमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर–८ माइस्थानस्थित सडकखण्डबाट प्रहरीले ट्रक नियन्त्रणमा लिइएको हो ।
बिलबिजकभन्दा बढी खुद्रा वस्तुहरु र हार्डवेयर पार्टस लोड गरी काठमाडौं आउँदै गरेको मालबाहक ट्रकलाई नियन्त्रणमा लिएर थप कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पठाएको हो ।
ट्रक चालक वीरगञ्ज–२ छपकैया बस्ने ३२ वर्षका रौफ आलमलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्