१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विद्यार्थीहरुले गरे प्रदर्शन


923
Shares

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रदर्शन गरेका छन् ।

नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टितेलामा प्रतिलिटिर ३ – ३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो । सरकारले पेट्रोलियम पदार्थको मूल्य–वृद्धि पटक–पटक गरेका कारण विद्यार्थीहरुले बाध्य भएर ‘मूल्यवृद्धि फिर्ता गर’ नाम लेखिएका प्लेकार्ड बोकेर सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

सो क्याम्पस परिसरबाट विरोध गर्दै सडकमा निस्किएका विद्यार्थीलाई प्रहरीले समेत रोकेको छ । नयाँ मूल्य अनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ । त्यस्तै , एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १ सय २२ रुपैयाँ पुगेको छ । आन्तरिक हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरी प्रतिलिटर १ सय ६ रुपैयाँ कायम गरिएको छ ।