
काठमाडौं । पछिल्ला दुई दिन करेक्सन आएको सेयर बजारमा पुनः दोहोरो अंकको सुधार आएको छ ।
उतार चढावबीच बजार परिसूचक नेप्से बिहीबार ३३ अंकले उकालो लागेर २९ सय ३१ पुग्यो । कारोबार भने ६ अर्ब तलै सीमित भयो । वाणिज्य बैंक र सामूहिक लगानी कोष मात्र नगन्य अंकले रातो रहे बाहेक अरु सबै समूह उकालो लागे ।
जीवन बीमा समूहमा सबैभन्दा उच्च साढें ४ सय अंक बढीको बृद्धि आयो । निर्जीवन बीमा समूह पनि ३ सय अंक हाराहारीले उक्लियो । विकास बैंक समूहमा पनि २ सय अंक बराबरको बृद्धि आउँदा अरु पनि अधिकांश समूह दोहोरो अंकले सुधारिए ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २९ कम्पनीको डेढ करोड बढी कित्ता सेयर ५ अर्ब ७८ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ६० कम्पनीको शेयर मूल्य बढ्दा २५ को घट्यो भने ५ को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्