
तस्बिर फाइल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्नु हुने भएको छ । उहाँले अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको हो ।
सरकारको ६ महिना पूरा भएको तथा देश कोरोना महामारीको संकटमा रहेका बेला प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो ।
देशमा संघीय निर्वाचन, स्थानीय निर्वाचन वा तीनै तहका निर्वाचन एकसाथ गराउने विषयमा बहस भइरहेका बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नु भएको हो ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन गराउनका लागि आजसम्म मिति घोषणा हुनुपर्ने सर्त राखेको छ । यही दिन प्रधानमन्त्रीले गर्ने सम्बोधनलाई महत्वका साथ हेरिएको छ ।
कांग्रेस सभापति देउवा पछिल्लोपटक गत असार २९ गते प्रधानमन्त्री बन्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्