
पाेखरा । नेपाल पुलिस क्लब पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
हिमालयन शेर्पा क्लबलाई टाइब्रेकरमा पराजित गर्दै पुलिस क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो ।
निर्धारित समयमा १–१ गोलको बराबरी र त्यसपछि अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो ।
टाइब्रेकरमा दुवै टोलीले १–१ प्रहारमा चुकेपछि सडन डेथको दोस्रो प्रहारमा जित हासिल गर्दै पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
पुलिसले अब मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ ।
आहा रारा गोल्ड कपमा शनिबार क्वाटरफाइनलको पहिलो खेलमा अमेरिकाको बिवाइएससी मिनेसोटा र नेपाल एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
एपिएफले बिहीबार आयोजक सहारा क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्