
अर्घाखाँची । मालपोत कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुखसहित अन्य कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।
कार्यालय प्रमुख माधव भुसालसहित अन्य ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा माघ १३ गतेसम्म बन्द गरिएको मालपोत कार्यालय अर्घाखाँचीले जनाएको छ ।
कार्यालयमा नियमित कामकाजमा रहेका कर्मचारीमा उच्च जोखिममा रहेका र सेवाग्राहीसमेत जोखिममा पर्न सक्ने भन्दै सेवा बन्द गरिएको जनाएको छ । त्यस्तै नियमित सेवा माघ १४ गतेबाट प्रदान गरिने कार्यालय प्रमुख भुसालले बताउनु भया
प्रतिक्रिया दिनुहोस्