१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


राप्रपाको बैठक बस्दै,पार्टी विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउन निर्वाचन आयोगले दिएको निर्देशनका विषयमा छलफल हुने


13.442k
Shares

काठमाण्डौं । निर्वाचन आयोगले विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउन निर्देशन दिएको विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले पदाधिकारी बैठक बोलाएको छ ।

राप्रपाका उपाध्यक्ष ध्रुबबहादुर प्रधानका अनुसार आज दिउँसो १ बजे बस्ने बैठकमा निर्वाचन आयोगले दिएको निर्देशनबारे छलफल गरी औपचारिक निर्णय गर्ने बताउनु भएको छ । राप्रपाले गत पुस १० गते संशोधित विधान र केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गरी आयोगमा पेश गरेको थियो ।

निर्वाचन आयोगले माघ २ गते राप्रपालाई निर्देशनात्मक पत्र पठाउँदै विधानबाट सनातन हिन्दू राष्ट्र र राजसंस्था शब्द हटाउन भनेको हो । यस्तो वाक्यांश हटाएको विधानत ७ दिनभित्र पेश गर्न पनि निर्देशन दिइएको छ । त्यस्तै, राप्रपाको झन्डाको मध्य भागमा रहेको गाई चिह्न पनि हटाउन आयोगले निर्देशन दिएको छ ।

राप्रपा हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेन्डा बोकेर राजनीति गरिरहेको पार्टी हो । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोगले दिएको निर्देशन नैं गैरसंवैधानिक भएको टिप्पणी गर्नु भएको छ ।

त्यस्तै राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पनि निर्वाचन आयोगको निर्देशन प्रति आपत्ति जनाउनु भएको छ ।