१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा पछिल्लो २४ घण्टामा थप ३ लाख ३३ हजार जनामा कोरोना संक्रमण पुष्टि,५२५ जनाको मृत्यु


494
Shares

काठमाडौं । भारतमा एकैदिन थप ३ लाख ३३ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थप ३ लाख ३३ हजार ५ सय ३३ जनामा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।

शनिबारको तुलनामा ४ हजार १ सय ७१ कम मानिसमा संक्रमण पुष्टि भएको हो । त्यस्तै गत २४ घण्टामा ५ सय २५ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

अहिले भारतमा सक्रिय संक्रमितको संख्या २१ लाख ८७ हजार २ सय ५ रहेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।