२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माओवादी केन्द्रले माघ २७ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाइयो

निर्वाचनबाटै पदाधिकारी र केन्द्रीय कमिटीलाई पूर्णता दिने माओवादी केन्द्रको तयारी

65
Shares

NCP maoist center

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले निर्वाचनबाटै पदाधिकारी र केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ । महाधिवेशन सकिएको डेढ महिनापछि पार्टी कमिटीलाई पूर्णता दिन यसअघि रोकिएको केन्द्रीय कमिटी बैठक यही माघ २७ गतेका लागि बोलाइएको छ । सोही बैठकले पदाधिकारीको निर्वाचनसहित पार्टी केन्द्रीय कमिटीलाई पूर्णता दिने माओवादी केन्द्रले जनाएको छ ।

गत पुस ११ देखि १८ मा सम्पन्न राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष बाहेकका पदाधिकारी चयन गर्न पुस २५ र माघ ८ मा बोलाएको केन्द्रीय समिति बैठक कोरोनाका कारण बस्न सकेको थिएन ।

अध्यक्ष पुष्पकमल दाहालले जारी गरेको आन्तरिक परिपत्रमा रोकिएको केन्द्रीय कमिटी बैठक माघ २७ बाट काठमाडौमा बस्ने र सोही बैठकले पदाधिकारी चयन लगायतका निर्णय गर्ने उल्लेख छ ।

अध्यक्ष दाहालको परिपत्रमा सोही बैठकले केन्द्रीय समितिका सदस्यहरुको कार्यविभिाजनसहित महाधिवेशनले पारित गरेको कार्यदिशा अनुरुप कार्ययोजना निर्माण गर्ने र अन्य आवश्यक निर्णय लिने उल्लेख छ ।

साथै केन्द्रीय समितिको उक्त बैठकबाट अर्को निर्णय नभएसम्मका लागि यसअघिका सबै प्रदेश समिति, जिल्ला समन्वय समिति, विभाग र जनवर्गीय एवं मोर्चा संगठनहरुको इन्चार्जहरुलाई नै यथावत जिम्मेवारी दिने माओवादीको तयारी छ ।

उहाँले प्रदेश समितिहरुले प्रदेश समिति र पदाधिकारी निर्वाचनलाई पूर्णता दिन पनि निर्देशन दिनुभएको छ । दाहालले आगामी वर्ष २०७९ निर्वाचन वर्ष हुने भन्दै त्यसका निम्ति पार्टी पंक्तिलाई आवश्यक अध्ययन विश्लेषण र योजना निर्माणको कार्यका पहल सुरु गर्न परिपत्र जारी गर्नुभएको छ ।