
सुवर्ण श्रेष्ठ (इमेज):
हेटौंडा, असार १ । प्रदेश नम्बर–३ सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँको बजेट ल्याएको छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले शुक्रबार हेटौंडास्थित प्रदेशसभा बैठकमा बजेट प्रस्तुत् गरेका हुन् ।
जसमध्ये १३ अर्ब ८६ करोड २५ लाख चालू खर्च र २१ अर्ब ७५ करोड ३० लाख रुपैयाँ पुँजीगत खर्च रहेको छ ।
आन्तरिक राजश्वबाट ९ अर्ब ३३ करोड ३६ लाख, वित्तीय समानीकरण अनुदानबाट ५ अर्ब ९६ करोड ९७ लाख, राजश्व बाँडफाँटबाट ८ अर्ब ९९ करोड ६६ लाख, सःशर्त अनुदानबाट १० अर्ब ३१ करोड ५६ लाख र नगद मौज्दातबाट ७० करोड जुटाउने लक्ष्य राखिएको छ ।
प्रदेश–३ सरकारले प्रदेश कर्मचारीहरुका लागि आन्तरिक पर्यटन भत्तास्वरुप एक महिना बराबरको रकम उपलब्ध गराउने घोषणा गरेको छ । त्यसका लगि महिनाको एक दिन बिदासमेत दिइनेछ ।
सो कार्यक्रमका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटमा काठमाडौं उपत्यका लिफ्ट पार्किङ योजना पनि घोषणा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्