
काठमाडौं । युक्रनेमा बढ्दो तनाव कम गर्न अमेरिकाले सेना तैनाथ राखेको जनाएको छ । रुसले युक्रेनविरुद्ध सैन्य आक्रमण गर्ने तयारी गरेको भन्दै अमेरिकाले आफ्नो सेना पनि तयारी अवस्थामा राखेको जनाएको छ ।
रुसले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको बताउँदै आएपनि एक लाख भन्दा बढी सेना सीमा नजिकै तैनाथ अवस्थामा राखेको अमेरिकाको आरोप छ ।
राष्ट्रपति जो बाइडेनले पश्चिमा राष्ट्रहरुसँग रुसविरुद्ध मोर्चाबन्दीका लागि छलफलसमेत गर्नुभएको छ । अमेरिकासहित पश्चिमा शक्तिहरुले रुसी आक्रमणविरुद्ध साझा रणनीति बनाउनेबारे छलफल भएको ह्वाइट हाउसलाई उध्रित गर्दै बीबीसीले जनाएको छ ।
रुसले आफ्ना गतिविधि बढाए युरोपियन युनियनलगायत पश्चिमा मुलुकहरुले थप दवाव दिने पनि बताएका छन् । तर, अमेरिकाले रुसविरुद्ध युक्रेनमा सेना परिचालन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय भने गरिसकेको छैन ।
गतहप्ता मात्र युक्रनेमा अमेरिकी सैन्य सहायता पठाइएको थियो । त्यसलगत्तै अमेरिकाले पनि रुसविरुद्ध युक्रेनमा सेना परिचालन गर्ने तयारी भएको चर्चा हुँदै आएको छ । अमेरिकी गुप्तचर निकायहरुले रुसले युक्रेनमा आक्रमणको अन्तिम तयारी गरेको दावी गरेसँगै त्यसको प्रतिकार गर्न अमेरिकाले अन्य मुलुकहरुसँग सहायता र समझदारीका लागि छलफल अघि बढाएको हो ।
यसअघि हिजो सोमबार मात्र अमेरिकाले युक्रेनमा रहेक आफ्ना नागरिकलाई अत्यावश्यक बाहेक स्वदेश फर्कन आग्रह गरेको थियो । दूतावासमा सीमित कर्मचारीबाहेक अन्यलाई स्वदेश फर्कन अमेरिकाले आग्रह गरेसँगै थप सुरक्षा तैनाथी बढाइएको अन्तर्राष्यि समाचार संस्थाहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्