१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लुम्बिनी प्रदेश सरकारको नेतृत्व फेर्ने कसरत सुरू

सहमति पालन भए आगामी फागुनमा कांग्रेसले सरकारको नेतृत्व गर्ने

1.183k
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका सरकारको नेतृत्व फेर्ने गरी नेपाली कांग्रेसले आन्तरिक गृहकार्य थालेको छ । गठबन्धनको सरकारको नेतृत्व नेकपा माओवादीले गर्ने भएपछि दलबीच कांग्रेस र माओवादीले आठ–आठ महिना सरकारको नेतृत्व गर्ने समझदारी भएको थियो ।

आगामी फागुन १२ गते माओवादी नेता कुलप्रसाद के.सी. नेतृत्वको सरकारको आठ महिना पुग्दै छ । आलोपालो सहमतिअनुसार त्यसपछि कांग्रेसले प्रदेश सरकारको नेतृत्व लिनुपर्ने हुन्छ ।

सहमति कार्यान्वयन भए फागुनपछि कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने छन् । तर, मुख्यमन्त्री के.सी. भने सरकार फेरिँदा आलोचना बढ्ने भन्दै आलोपालो सहमति कार्यान्वयन नगर्ने पक्षमा रहेको बताइएको छ ।

कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदको गठबन्धनबाट के.सी. गत साउन २८ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।