
इलाम । इलाम जिल्लाको उत्तरी क्षेत्रमा बिहीबारदेखि भइरहेको हिमपात नरोकिएपछि अत्याधिक जाडो बढेको छ ।
जाडोका कारण जनजीवन कष्टकर बनेको छ । जिल्लाको जौबारी, मेघ्मा , तुम्लिङ्, सन्दकपुलगायतका क्षेत्र हिउँले सेताम्य बनेको छ । सो क्षेत्रमा भएका गोठमा रहेका वस्तु भाउ चरनमा जान पाएका छैनन् ।
उच्च पहाडी क्षेत्रमा आलु रोप्ने क्रम सकिएकाले हिउँले कृषि बालीलाई भने खासै असर पुर्याएको छैन । लगातारको हिमपातले सडक अवरुद्ध भएकाले आवतजावतमा समस्या भएको छ ।
यता, हिउँ परेका क्षेत्र इलामका प्रमुख पर्यटकीय क्षेत्र भएकाले यस क्षेत्रमा हिउँ खेल्न आन्तरिक पर्यटकहरुको भिड समेत लागेको छ ।
प्रतिक्रिया दिनुहोस्