१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुदूरपश्चिममा पहिलो पटक भेटियो ओमिक्रोन, ४ जनामा संक्रमण पुष्टि


182
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ ।

सो प्रदेशका ४ जना मानिसमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार कञ्चनपुर–२ बझाङ र डोटीका एक-एक जनामा संक्रमण पुष्टि भएको हो ।

कञ्चनपुरको दोधराचाँदनी नगरपालिकाका ४२ वर्षीय पुरुष, पुनर्वासका २९ वर्षीय पुरुष, डोटीको पुर्वीचौकीका ४८ वर्षीय पुरुष र बझाङको विथ्थडचिरका ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताउनु भयो ।

कोरोना पुष्टि भएका १ सय ४६ जनाको भेरियन्ट पुष्टि गर्न काठमाडौं पठाइएको उहाँको भनाइ छ ।

उनीहरुमध्ये ४ जनामा ओमिक्रोन पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएका सबै त्रिनगर नाका भएर स्वदेश फर्केका नागरिक भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।