२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


चुम्बन प्रकरणमा नायिका सिल्पालाई सफाई


2.197k
Shares

एजेन्सी । हलिउडका कलाकार रिचर्ड गेरेले चुम्बन गरेको प्रकरणमा बलिउड नायिक शिल्पा शेट्टीले सफाइ पाएकी छिन ।

भारतीय संचारमाध्यमका अनुसार उनले १५ वर्षपछि मुम्बइको एक अदालतबाट मंगलबार सो प्रकरणमा सफाई पाएकी हुन् । सन् २००७ मा शिल्पा राजस्थानमा भएको एक कार्यक्रममा सहभागी भएकी थिइन,जहाँ हलिउड स्टार रिचर्ड गेरे पनि उपस्थित थिए । उक्त कार्यक्रममा रिचर्डले शिल्पालाई सार्वजनिक रुपमा चुम्बन गरेका थिए । त्यसपछि शिल्पा र रिचर्ड विरुद्ध सार्वजनिक रुपमा अश्लिलता र अभद्रता देखाएको भन्दै राजस्थानको मुन्डावरस्थित न्यायिक मजिस्ट्रेट प्रथम श्रेणीमा उजुरी दर्ता भएको थियो ।

शिल्पामाथि रिचर्डले सार्वजनिक स्थानमा चुम्बन गर्दा विरोध नजनाएको भन्ने आरोप लागेको थियो । शिल्पाले पनि आफ्ना वकिल मार्फत रिचर्डले गरेको चुम्बनको विरोध नगरेको कारण यसको मतलब म कुनै षड्यन्त्र वा अपराधमा सहभागी भएँ भन्ने होइन भन्दै उजुरी दिएकी थिइन । उजुरी पछि भारतीय सर्वाेच्च अदालतसम्म पुगेको थियो । तर सन् २०१७ मा सर्वोच्च अदालतले सो मुद्दालाई मुम्बईमा स्थानान्तरण गरेको थियो ।

१५ वर्षपछि मुम्बई अदालतले शिल्पालाई अश्लीलता र अभद्रता जस्ता आरोपबाट सफाइ दिएको हो । भारतीय संचार माध्यमका अनुसार प्रहरी प्रतिवेदन र कागजातलाई ध्यानमा राख्दै मुम्बइ अदालतले शिल्पामाथि लागेको आरोप निराधार भएको भन्दै उनलाई न्याय दिएको हो । त्यस प्रकरणमा शिल्पाको कुनै दोष नभएको अदालतको ठहर छ । अदालतको यो निर्णयसँगै शिल्पालाई राहत मिलेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।