
काठमाडौं । आज ७० औं अन्तर्राष्ट्रिय भन्सार दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।
प्रत्येक वर्षको जनवरी २६ का दिन सो दिवस विश्वभर मनाउने गरिन्छ । विश्व भन्सार संगठनको निर्णय अनुसार प्रत्येक जनवरी २६ मा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउन थालिएको हो । दिवसको मुख्य नारा डिजिटल प्रविधिमार्फत भन्सार सेवालाई चुस्त बनाउने रहेको छ ।
सरकारले आजदेखि देशभरका भन्सार कार्यालयमा एकद्वार अनलाइन प्रणाली पूर्णरुपमा लागू गर्ने भएको छ ।
त्यस्तै विदेशबाट वस्तु आयात गर्दा भन्सारमा हुने सबै झन्झट हटाएर भन्सारलाई नगदरहित र कागजरहित बनाउने उद्देश्यले सबै भन्सार कार्यालयमा अनलाइन प्रणाली पूर्णरुपमा लागू गर्न लागेको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बताउनु भएको हो ।
भन्सार नाकामा व्यापार सहजीकरण गर्ने काम गरिरहेकाले थप व्यवस्थित बनाउन अनलाइन प्रणाली लागू गर्न लागेको हो । एकद्वार प्रणालीपछि व्यवसायीले भोग्दै आएका झन्झटबाट मुक्त हुने विभागको दावी छ ।
प्रतिक्रिया दिनुहोस्