१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतले आज ७३ औं गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाउँदै


91
Shares

काठमाडौं । भारतले आज जनवरी २६ का दिन ७३ औं गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाउँदै छ । प्रत्येक अग्रेजी वर्षको २६ जनवरीका दिन सो दिवस भारतले मनाउँदै आएको हाे।

२६ जनवरी सन् १९५० मा गणतन्त्र दिवसको पहिलो परेड साँझमा भएको थियो । पहिलो परेड इर्विन स्टेडियममा भएको थियो । अर्थात् १०.२४ मिनेटपछि डा.राजेन्द्र प्रसादले सपथ लिनु भएको थियो । उहाँलाई तत्कालीन प्रधानन्यायाधीश हिरालाल कानियाले सपथ गराउनु भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

त्यसपछि देशका प्रथम राष्ट्रपति डा.राजेन्द्र प्रसादले राती १०.२४ बजे हिन्दी र अग्रेजीमा भाषण गर्नु भएको थियो । त्यस्तै सन् १९५५ देखि प्रत्येक वर्ष राजपथमा परेड हुने गरेको छ ।

भारत २६ जनवरीमा १०ः १८ बजे भारत गणतन्त्र भएको थियो । पहिलो परेडमा ३ हजार जवान–एक विमानमा थिए ।

७२ वर्षअघि आजकै दिन सन् १९३५ मा भारत सरकारको सट्टामा भारतको संविधान लागू भएको थियो। वैसे, भारतको संविधान बनाउने काम २६ नोभेम्बर सन् १९४९ मा पूरा भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।