
काठमाडौं/जनकपुर । जनकपुरमा प्रहरी र सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ ।
राष्ट्रिय सभा निर्वाचनको मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको छ ।
स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको हो । प्रहरीले बल प्रयोग गरेसँगै प्रदर्शनकारी मतदान स्थलबाट तितरबितर भएका छन् । तर, उनीहरुले जनकपुरधामका विभिन्न ठाउँमा प्रदर्शन जारी राखेका छन् ।
यसअघि आज बिहानैदेखि सो पार्टीका कार्यकर्ताले जनकपुरका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।
मतदानको तयारी भइरहेको बेला उनीहरुले रामानन्द चोक र भानु चोकमा केहीबेर प्रदर्शन गरेका हुन् । उनीहरुले ‘पहिले मलखाद देऊ, अनि भोट खसाऊ’ भन्दै नारा लगाएका थिए ।
प्रहरी देखेपछि उनीहरु भागेको धनुषाका प्रहरी प्रमुख एसपी बसन्त रजौरेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्