१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


प्रदेश सांसदले समाते प्रमुख निर्वाचन अधिकृतको कठालो


4.147k
Shares

हेटौंडा । हेटौंडामा जारी राष्ट्रियसभाको निर्वाचनमा प्रदेश सांसदले प्रमुख निर्वाचन अधिकृतको कठालो समातेपछि मतदान स्थलमा तनाव भएको छ ।

हेटौंडा–८, औद्योगिक क्षेत्रमा जारी मतदानको क्रममा माओवादी केन्द्र प्रदेशसभा तर्फकी सांसद हिमाली गोले मत जाहेरपछि फोटो खिच्ने क्रममा विवाद भएको हो ।

दोलखाकी सांसद गोलेले मत जाहेर गरिसकेको मतपत्रको फोटो खिचेसँगै प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले उहाँलाई रोक्न खोजेका थिए । श्रेष्ठले सांसद गोलेको मोवाइल खोस्न लागेसँगै दुवैबीच झगडाको अवस्था सिर्जना उत्पन्न भएको थियो ।

केही समय दुवैबीच विवाद भइरहेको समयमा माओवादी केन्द्रकै ललितपुरका निर्वाचित सांसद राजकाजी महर्जनले निर्वाचन अधिकृतको कठालो समातेका थिए । सांसद गोले यसअघि रामबहादुर थापा बादल र डा. खिमलाल देवकोटाबीचको राष्ट्रिय सभा चुनावमा मतदान गर्न आउनुभएको थिएन ।

प्रमुख निर्वाचन अधिकृतसँग विवादपछि सांसद महर्जन र गोले मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई घटनाबारे जानकारी गराएर मतदानस्थलबाट बाहिरिनु भएको थियो ।