
एजेन्सी । भारतको एउटा कम्पनीले बिद्युतीय क्रुजर मोटरसाइकल निर्माण गरेको छ ।
कोमाकी इलेक्ट्रिक कम्पनीले सो मोटरसाइकल भारतीय बजारमा ल्याएको हो । मोटरसाइकल निर्माण कम्पनीका अनुसार त्यसले मोटरसाइकल चढ्न रुचाउनेलाई क्रुजर मोटरसाइकलको मजा त दिने छनै त्यसका साथै महंगो पेट्रोलको बोझ पनि व्यहोर्नु पर्ने छैन । सो कम्पनीले बनाएको बिद्युतीय मोटरसाइकल भारतको पहिलो क्रुजर मोटरसाइकल भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मोटरसाइकललाई कोमाकी रेंजर नाम दिइएको छ । त्यसले एक पटक चार्जमा २ सय किलोमिटर भन्दा बढी यात्रा तय गर्न सक्छ । सो मोटरसाइकलमा ४ हजार वाटको मोटर र ४ किलोवाटको लिथियम आयन ब्याट्री राखिएको छ । यो मोटरसाइकल फुल चार्ज हुन ५ देखि ६ घण्टा लाग्नेछ । यसको मूल्य १ लाख ६८ हजार भारतीय रुपैयाँबाट शुरु हुनेछ ।
नेपालमा सो मोटरसाइकल भित्र्याउन भने केही समय लाग्नेछ । नेपालमा भित्रिने प्राय सबै मोटरसाइकल भारतमै निर्मित छन् ।
प्रतिक्रिया दिनुहोस्