
काठमाडौं । युक्रेनमा जारी संकट समाधनका विषयमा छलफल गर्न अमेरिकाले संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ ।
रसियाले समस्या समाधनका लागि आशावादी रहेको प्रतिक्रिया दिएलगत्तै अमेरिकाले राष्ट्रसंघको सुरक्षा परिषदमा छलफलका लागि आग्रह गरेको हो ।
राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले एक विज्ञप्ति जारी गरेर बाइडेन प्रशासनले युक्रेनप्रति रुसको धम्कीपूर्ण व्यवहारका विषयमा राष्ट्रसंघमा छलफल गर्न चाहेको बताउनु भएको छ ।
रसियाले युक्रेनसँगको सीमा नजिकै दसौं हजार सेना तैनाथ गरेसँगै रुस र पश्चितमा मुलुकहरुबीचको सम्बन्ध बिग्रिएको हो । रसियाले युक्रनको सीमा नजिकै तैनाथ अवस्थामा राखेका सेनाको संख्या पनि बढाएको समाचारमा जनाइएको छ । यसघि हतियारसहित रसियाले सीमा नजिकै एक लाख सेना तैनाथ अवस्थामा राखेको थियो ।
यता अमेरिकाले रसियाले युरोप पठाएको ग्यास पाईपलाईन बन्द गर्ने चेतावनी दिएको छ । समस्या समाधानका लागि तयार नभए रसिया र राष्ट्रपति भ्लादिमिर पुटिनलाई व्यक्तिगत रुपमै प्रतिबन्ध लगाउने अमेरिकाले यसअघि नै चेतावनी दिएको छ ।
यस्तै अन्य पश्चिमा मुलुकहरु पनि रुसमाथि प्रतिबन्ध लगाउने अमेरिकाको प्रस्तावमा सहमत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्