
काठमाडौं । इराकलाई १–० ले हराउँदै इरान आगामी नोभेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि छनोट भएको छ ।
कतार विश्वकपको लागि एसियाली छनौटको तेस्रो चरणको खेलमा इरानलाई विजयी गराउन मेहदी तारेमीले ४८औं मिनेटमा निर्णायक गोल गरे ।
जितसँगै इरान विश्वकपमा छनोट हुने पहिलो एसियाली राष्ट्र बनेको छ । एसियाली छनौटको समूह ‘ए’ मा रहेको इरानले ७ खेलबाट अपराजित रहँदै १९ अंक जोडेको छ ।
समूहको अर्को खेलमा लेवनानलाई १–० ले हराउँदै दक्षिण कोरिया १७ अंकसहित दोस्रो स्थानमा छ । दक्षिण कोरियालाई अब छनोट हुन एक जित आवश्यक छ ।
यसैगरी छनोटको समूह ‘बी’ मा अष्ट्रेलिया र जापानले जित हात पारेका छन् । अष्ट्रेलियाले भियतनामलाई ४–० ले हराउँदा जापानले चीनलाई २–० ले पाखा लगायो । जापान ७ खेलबाट १५ अंकसहित दोस्रो स्थानमा छ भने समान खेलबाट १४ अंकसहित अष्ट्रेलिया तेस्रो स्थानमा छ । साउदी अरेबिया शीर्ष स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्