१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सितापाइलाबाट ठूलो परिमाणमा नक्कली ह्विस्की बरामद, चार जना पक्राउ


3.237k
Shares

काठमाडौं । काठमाडौंको सितापाइलाबाट प्रहरीले ठूलो परिमाणमा नक्कली ह्विस्की बरामद गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले डेढ करोड रुपैयाँ बराबरको नक्कली रेडलेबल ह्विस्कीसहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सन्तोष चन्द्र बाखरेल, शैलेस पन्त, रबिन पाख्रिन र नारायणप्रसाद घिमिरे रहेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले भारतबाट राजस्व छली गरेर आयात गरिएको सो परिणामको मदिरा बरामद गरिएको हो ।

महाशाखाका सूचना अधिकारी कृष्ण पङ्गेनीका अनुसार नक्कली विभिन्न ब्राण्डका २ सय ९० कार्टुन भोड्का बरामद गरिएको हो ।

प्रहरीको अनुसार बरामद गरिएको मदिराको मूल्य नेपाली बजारमा करिब डेढ करोड रुपैयाँ रहेको छ । सो नक्कली मदिरा आयात गर्ने दरबारमार्गस्थित ब्लु ह्यामर मदिरा सञ्चालक सन्तोष बाख्रिल रहेको महाशाखाले जनाएको छ ।