१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बिग बोसको १५ औं संस्करणको उपाधि तेजस्वीको हातमा,प्रतिकका प्रशंसकद्वारा भने आलोचना


1.001k
Shares

एजेन्सी । भारतीय रियालीटी सो बिग बोसको १५औं संस्करणकोे उपाधि तेजस्वी प्रकाशले जितेकी छिन् ।

१३१ दिनसम्म चलेको यो रियालीटी सो को फाइनलमा तेजस्वीले प्रतिक सहजपाल लाई हराउदै बिजेता बनेकी हुन् । उनले बिग बोस १५ को ट्रफीसँगै ४० लाख भारतीय रुपैयाँ प्राप्त गरेकी छिन् ।तेजस्वीले उपाधि जितेसँगै सामाजिक सञ्जालमा प्रतिकका प्रशंसकहरुले चर्काे आलोचना गरेका थिए ।

उनीहरुले प्रतिकको तुलनामा तेजस्वी अयोग्य भएको समेत आरोप लगाएका थिए ।यसअघि तेजस्वीले बिभिन्न भारतीय टेलीफिल्म र खतरो के खेलाडीको १० औ संस्करणमा भाग लिइ कडा प्रतिस्पर्धा गरेकी थिइन् ।

तर उनी घाइते भएपछि त्यसबाट बाहिरिएकी थिइन् । उनलाई त्यहाँ बाटनै धेरैले मन पराएका थिए ।