
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेविसंघलगायतका पार्टीका भातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टी भित्र छलफल भइरहेको बताउनुभएको छ ।
महामन्त्री शर्माले नेविसंघलगायतका भातृ संस्थाहरूको समस्या समाधान गरेर जाने विषयमा अर्का महामन्त्री गगनकुमार थापा र आफूले बढि जोड दिएको पनि बताउनुभयो ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका नेविसंघका विद्यार्थी नेताहरूसँग कुरा गर्दै उहाँले भातृ संस्थाहरूमा देखिएको समस्या समाधानका लागि प्रक्रिया समेत अघि बढाइएको बताउनुभयो ।
नेविसंघका पूर्वअध्यक्ष समेत रहनुभएका उहाँले मुलुकको लोकतान्त्रिकरणसँगै विकास, निर्माणको प्रक्रियालाई तीव्रता दिन पनि नेविसंघ जस्ता संगठनहरु बलियो हुनुपर्नेमा आफूहरु सचेत रहेको पनि बताउनुभयो ।
महामन्त्री शर्माले आफू बोलेर भन्दा पनि कामै गरेर देखाउने भएकाले यस विषयमा पनि धेरै बोल्नै पक्षमा नरहेको पटकपटक दोहोर्याउनुभयो ।
महामन्त्री शर्माले आफूहरू पार्टीको पदाधिकारीमा आएपछि पार्टी भित्र देखिएको समस्यालाई प्रक्रियामा लगेर समाधान गर्न लागि परेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्