
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल तालिका पुनः परिवर्तन भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले भोलिका लागि तोकेको पुलिस र च्यासलबीचको खेल माघ २६ गते हुने जनाएको छ ।
वर्षाका कारण दशरथ रंगशालाको मैदान खराब भएपछि खेलतालिका परिवर्तन गरिएको एन्फाले जनाएको छ ।
नवौं चरण अन्तर्गत यसअघि पुलिस र च्यासलबीचको खेल माघ २ गते हुने तालिका थियो । तर, च्यासलका खेलाडीमा कोभिड–१९ को संक्रमण देखिएपछि खेल स्थगित गरिएको थियो ।
च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको थियो । जारी लिगमा पुलिस ८ खेलमा ७ अंक जोडेर ११ औं स्थानमा रहेको छ । च्यासल ८ खेलमा ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्